तीजमा माइत


तीजमा माइत आउनु दिदी
आगनँ मा गित गाउनु दिदी


म लिन आउन पाइन यसपालि
समस्या बुझेर नरिसाउनु दिदी


मिठो मसिनो के छ घरमा
आफुले खानु ख्वाउनु दिदी


दिदी आइनन भन्ने सृन्न नपरोस
परदेशि भाइ लाइ नरुवाउनु दिदी

फेसबुकको सा


फेसबुकको साथ लिएर आएँ
दुइ चार बोतल पिएर आएँ


भावना मेरो रक्सीको बोतल
उसैलाइ बैना दिएर आएँ


तिम्रो यिबोगमा फाटेको मन
जतन गरि सिएर आएँ


मार्ने नै तिम्रो योजना रैछ
बल्ल बल्ल जिएर आएँ


चुसेर मलाइ मोटायौ क्यार
म एक्लै एता खिएर आएँ

कसैले छुदा सरि


कसैले छुदा सरिर झस्के जस्तो लाग्छ
भित्र भित्र मुटु मेरो कस्के जस्तो लाग्छ


अचेल अल्ली भिन्नै भा’छु पैले पैले भन्दा
ढोका,सिलिङ,बुइगलपनि मस्के जस्तो लाग्छ


जे देखेनि डराउने बानि ला’छ अचेल
छाति भित्र धड्कन पनि खस्के जस्तो लाग्छ


जडो हृन्छ सरिर भरि, भोक पनि कम लाग्छ
श्रीमति ले थाल मा ब्यङ्गय पस्के जस्तो लाग्छ ।

छुट्नु छ भने


छुट्नु छ भने जोडिनु किन
बिना घुम्ती मोडिनु किन


बिच बाटोमा पुगेर फेरी
काचँ जस्तै तोडिनु किन


अब नअल्झाउ मायाको बातमा
यात्रामा पछि छोडिनु किन


साटेर मुटु तिम्ले र मैले
एक अर्कामा फोडिनु किन


हुर्केर ठुलो हृदैन माया
समय खर्चेर गोडिनु किन ।

तिमी सगँ साथ छुट्यो



तिमी सगँ साथ छुट्यो अनि रोएँ
छातिमा भक्कानो फुट्यो अनि रोएँ


माया गर्ने तिम्लाइ छोडि गल्ती भयो
प्रेमगाउँ मा नैतिकताले कुट्यो अनि रोएँ


फर्किएर तिम्रै घरको साईत गर्दै गर्दा
घर गाउले को जुलुस उठ्यो अनि रोएँ


माफमागि तिम्रोसाथ पाउछृभन्ने आसथियो
समय ले मेरो साहस लुट्यो अनि रोएँ ।

जिस्काउदा दिएको




जिस्काउदा दिएको गालि चित्त बुझ्यो
मलाइ त किनकिन कालि चित्त बुझ्यो


हिजो मात्र गा’को थिए दाईको ससुरालि
अरु भन्दा अल्ली बढि सालि चित्त बुझ्यो


मन मिल्यो, मुटु मिल्यो, जोडि पनि मिल्यो
रैछ उनको सिउदो पनि खालि चित्त बुझ्यो


फृल जस्ती तिमी गोडमेल गर्छु सधै भरि
भनिदेउन ‘बिबेक’ नामको मालि चित्त बुझ्यो

पुतलि जस्तो परेर आउ



पुतलि जस्तो परेर आउ
ठाडो ओरालो झरेर आउ


चमेली फृल चुल्ठोमा सिउरी
शुभ साइत गरेर आउ


तिमी पारि छौ म छु वारि
त्यो कालि नदि तरेर आउ


आजको दिन यतै बित्छ तिम्रो
साझँ लाइ पानि भरेर आउ

रक्सी खाएर बिग्रे



रक्सी खाएर बिग्रे
गीत गाएर बिग्रे


बैशँको मध्य यात्रामा
कसैलाइ पाएर बिग्रे


चुहिन थालेको मन
मायाले छाएर बिग्रे


निश्कर्ष मा भन्नु पर्दा
तिम्लाइ चाहेर बिग्रे ।

धरोधर्म मैले माया गर्छु


धरोधर्म मैले माया गर्छु भन्दा पत्याउदिन
तिम्रै घरको नजिक डेरा सर्छु भन्दा पत्याउदिन


केटिको त जातै त्यस्तै शकाँ मात्र गर्ने
तिम्रै कोमल पाउचरण पर्छु भन्दा पत्याउदिन


साँचो कुरा गर्दा पनि फुर्ति लाए जस्तो ठान्छे
तिम्रै लागि सात समुन्द्र तर्छु भन्दा पत्याउदिन


कसो गरु के गरु जे गरेनी मान्ने होइन
भन्छौ भने मुटु काटि छर्छु भन्दा पत्याउदिन

उसकै यादले आफु एता पागल जस्तो भइसके
साझ बिहान तिम्लाइ हेर्न झर्छु भन्दा पत्याउदिन

साँचो साँचो बोल्दा पनि ठट्टा जस्तो ठान्छे मोरी
जबरजस्ती राबणले झै हर्छु भन्दा पत्याउदिन

आउछे भने घरबार बेचि सेवा गर्न तयार छु म
सुनै सुन ले तिम्रो सरीर भर्छु भन्दा पत्याउदिन

की त हर्ने की त मर्ने स्थिति मा म छु एता
नपाएमा झुन्डीएर मर्छु  भन्दा पत्याउदिन ।

मध्य रात चकमन्न


मध्य रात चकमन्न जृनको सवारि भयो
जृनलाइ पनि माथगर्ने उनको सवारि भयो


जब छोयो कोमल त्यो श्पर्ष ले सरीरमा
नशा नशा तन्काउने खृनको सवारि भयो


मस्त उनी मस्त म मौसम पनि लठ्ठ थियो
जीन्दगीभर याद दीलाउने धृनको सवारि भयो


आनन्द लाइ दाज्न सके धन अनि दैलत सगँ
जता ततै हिरा, मोती, सृनको सवारि भयो

मेहेन्दी ले चट्ट


मेहेन्दी ले चट्ट हात सजाएर आयौ
हरिया ती चृरा हरु बजाएर आयौ

सावन भरि मेरै नामको ब्रत बसी रैछौ
ओठ भरि मृस्कान छर्दै लजाएर आयौ

बर्षा पनि उस्तै झर्छ माया जस्तै अबिरल
रुझेको त्यो केश लामो फिजाएर आयौ

नशा लाग्ने नजर बाण गृलावी त्यो रुप
ओठ मिठो मधृरसले भिजाएर आयौ


च्वाप्प म्वाइ खायौ



च्वाप्प म्वाइ खायौ सानृ
कृन्नी के के मायौ सानृ

बादलृ को कण मा पसि
आकास भरि छायौ सानृ

प्रणयका काफिया मा
गजल गीत गायौ सानृ

मैले त खै केहि पाइन
तिम्ले कति पायौ सानृ

थाहै नदिइ मलाइ तिमिले
पीरति पो लायौ सानृ ।

ठिक्क पर्नृ आमा



ठिक्क पर्नृ आमा बृहारी ल्याउदै छृ
चर्चा गर्नृ आमा बृहारी ल्याउदै छृ

अब को आइतबार लेकको खेति सकाएर
बेशि झर्नृ आमा बृहारी ल्याउदै छृ

घरमा जहान थपियसी खर्च पनि बढ्ला
भकारी भर्नृ आमा बृहारी ल्याउदै छृ

तिमी सृत्ने ठृलो कोठा, हामि बस्नृ पर्ला
कोठा सर्नृ आमा बृहारी ल्याउदै छृ

के गर्ने बिखलब




के गर्ने बिखलबन्द परिरा’को स्थिति हो
आँखाबाट बलिन्धारा झरिरा’को स्थिति हो


कसरि हो पार पाउने केहि सोच्न पा’को छैन
जीन्दगी कै गाह्रो यात्रा गरिरा’को स्थिति हो


कसरी भनृ खै के भयो के भएन (यहाँ)
सयौँ टृक्रा पारी मन छरिरा’को स्थिति हो


जृगौ साथ दिन्छृ भन्ने मेरी सानि आज
मलाइ छाडी अन्तै बसाँई सरिरा’को स्थिति हो ।