म भनेसी हुरुक्कै

म भनेसी हुरुक्कै, गर्छे बुढी तेरी बहिनी ।।
मेरै काखमा घोप्टो, पर्छे बुढी तेरी बहिनी ।।

तँ नभाको बेलामा, उ घरमा आई भने
किन नजीक नजीक, सर्छे बुढी तेरी बहिनी ।।

आजकल त किन किन, दिन दिनै जसो
मलाइ भेट्न आरालो, झर्छे बुढी तेरी बहिनी ।।

भित्र भित्र मलाइ त, शंका लाग्न थाल्यो
पक्कै पनि मेरोलागि, मर्छे बुढी तेरी बहिनी ।।
बिबेक पाठक

No comments:

Post a Comment