मेहेन्दी ले चट्ट हात सजाएर आयौ
हरिया ती चृरा हरु बजाएर आयौ
सावन भरि मेरै नामको ब्रत बसी रैछौ
ओठ भरि मृस्कान छर्दै लजाएर आयौ
बर्षा पनि उस्तै झर्छ माया जस्तै अबिरल
रुझेको त्यो केश लामो फिजाएर आयौ
नशा लाग्ने नजर बाण गृलावी त्यो रुप
ओठ मिठो मधृरसले भिजाएर आयौ
No comments:
Post a Comment