तिमी सगँ साथ छुट्यो

तिमी सगँ साथ छुट्यो अनि रोएँ
छातिमा भक्कानो फुट्यो अनि रोएँ

माया गर्ने तिम्लाइ छोडि गल्ती भयो
प्रेमगाउँ मा नैतिकताले कुट्यो अनि रोएँ

फर्किएर तिम्रै घरको साईत गर्दै गर्दा
घर गाउले को जुलुस उठ्यो अनि रोएँ

माफमागि तिम्रोसाथ पाउछृभन्ने आसथियो
समय ले मेरो साहस लुट्यो अनि रोएँ ।

एक चोटी त कोल्टे

एक चोटी त कोल्टे फेर शुन्तली
तिम्रो न्यानो अगाँलोले बेर शुन्तली

मन्द जृन लागेको रातै तिम्रो भयो
बैशाँलु यो अधरले सेर शुन्तली

मैलेमात्र होइन तिम्लेपनि लृट मलाइ
यस्तो मौका नफाल खेर शुन्तली

तिम्रो म छु , मेरी तिमी अरु को छ र
आफ्नो पोईले भनेको टेर शुन्तली

बाह्र बज्यो अब त रातै बित्न थाल्यो
अन्तिम चोटी भन्दै छु हेर शुन्तली
बिबेक पाठक( त्रि चन्द्र कलेज )

म भनेसी हुरुक्कै

म भनेसी हुरुक्कै, गर्छे बुढी तेरी बहिनी ।।
मेरै काखमा घोप्टो, पर्छे बुढी तेरी बहिनी ।।

तँ नभाको बेलामा, उ घरमा आई भने
किन नजीक नजीक, सर्छे बुढी तेरी बहिनी ।।

आजकल त किन किन, दिन दिनै जसो
मलाइ भेट्न आरालो, झर्छे बुढी तेरी बहिनी ।।

भित्र भित्र मलाइ त, शंका लाग्न थाल्यो
पक्कै पनि मेरोलागि, मर्छे बुढी तेरी बहिनी ।।
बिबेक पाठक