धरोधर्म मैले माया गर्छु भन्दा पत्याउदिन
तिम्रै घरको नजिक डेरा सर्छु भन्दा पत्याउदिन
केटिको त जातै त्यस्तै शकाँ मात्र गर्ने
तिम्रै कोमल पाउचरण पर्छु भन्दा पत्याउदिन
साँचो कुरा गर्दा पनि फुर्ति लाए जस्तो ठान्छे
तिम्रै लागि सात समुन्द्र तर्छु भन्दा पत्याउदिन
कसो गरु के गरु जे गरेनी मान्ने होइन
भन्छौ भने मुटु काटि छर्छु भन्दा पत्याउदिन
उसकै यादले आफु एता पागल जस्तो भइसके
साझ बिहान तिम्लाइ हेर्न झर्छु भन्दा पत्याउदिन
साँचो साँचो बोल्दा पनि ठट्टा जस्तो ठान्छे मोरी
जबरजस्ती राबणले झै हर्छु भन्दा पत्याउदिन
आउछे भने घरबार बेचि सेवा गर्न तयार छु म
सुनै सुन ले तिम्रो सरीर भर्छु भन्दा पत्याउदिन
की त हर्ने की त मर्ने स्थिति मा म छु एता
नपाएमा झुन्डीएर मर्छु भन्दा पत्याउदिन ।
No comments:
Post a Comment