एक चोटी त कोल्टे

एक चोटी त कोल्टे फेर शुन्तली
तिम्रो न्यानो अगाँलोले बेर शुन्तली

मन्द जृन लागेको रातै तिम्रो भयो
बैशाँलु यो अधरले सेर शुन्तली

मैलेमात्र होइन तिम्लेपनि लृट मलाइ
यस्तो मौका नफाल खेर शुन्तली

तिम्रो म छु , मेरी तिमी अरु को छ र
आफ्नो पोईले भनेको टेर शुन्तली

बाह्र बज्यो अब त रातै बित्न थाल्यो
अन्तिम चोटी भन्दै छु हेर शुन्तली
बिबेक पाठक( त्रि चन्द्र कलेज )

No comments:

Post a Comment