कसैले छुदा सरिर झस्के जस्तो लाग्छ
भित्र भित्र मुटु मेरो कस्के जस्तो लाग्छ
अचेल अल्ली भिन्नै भा’छु पैले पैले भन्दा
ढोका,सिलिङ,बुइगलपनि मस्के जस्तो लाग्छ
जे देखेनि डराउने बानि ला’छ अचेल
छाति भित्र धड्कन पनि खस्के जस्तो लाग्छ
जडो हृन्छ सरिर भरि, भोक पनि कम लाग्छ
श्रीमति ले थाल मा ब्यङ्गय पस्के जस्तो लाग्छ ।
No comments:
Post a Comment