उपयोगी कुराहरु


  • मानव जीवनको ३ परम उद्देश्य :- दू:ख निवृति, स्वतन्त्रता र अमरता ।
  • मानिशमा नभई नहुने ३ गुणहरु :- आत्मानुशासन, प्रेम र सहयोग ।
  • यी ३ कुराहरु बाट सधै बच्ने कोशिस गर्नु पर्छ :- ख़राब संगत , स्वार्थ र निन्द्रा ।
  • यी ३ कुराहरुमा मन लगाए पछि उन्नति हुन्छ :- श्रम , विधा र इश्वर ।
  • हामी ले यी ३ जनाको सधै आदर गर्नु पर्छ :- आमा, बाबू र गुरुको ।
  • सधै भरी अधिनमा राख्नु पर्ने ३ कुराहरु :- काम , क्रोध र लोभ ।
  • यी ३ कुराहरुको याद राख्नु आवश्यक छ :- सोचाइ , कर्तब्य र मृत्यु ।
  • कसैले चोर्न नसक्ने ३ कुराहरु :- बुद्रि , सिप र हिम्मत ।
  • मानिश ले जिवनमा यी ३ कुराहरु एक पटक मात्र पाउछ :- आमाबाबु, सुन्दरता र जवानी ।
  • आफ्नो ह्रदयमा राख्नु पर्ने ३ कुराहरु :- दया, क्षमा र नम्रता ।
  • यी ३ कुराहरुलाइ कहिल्यै सानो नसम्झ :- शत्रु , ऋण र रोग ।
  • सबै लाइ प्यारो लाग्छ :- धन , सन्तान र पत्नी ।
  • हरेक क्षण आवश्यक पर्ने २ कुरा :- चनाखोपन र होशियारी ।
  • अरुलाई दिए पछि फिर्ता हुन गाह्रो पर्ने ४ कुराहरु :- पुस्तक , कलम , नारी र धन ।
  • गोप्य राख्नु पर्ने ८ कुराहरु :- आयु , धन, घरको भेद , मन्त्र , तप , दान, धर्म र अपमान ।
  • दया गर्नु पर्छ यी ५ जनाको :- बालक , वृद्र , भोकाएको मानिश , रोगी र असहाय ।
  • भब सागर बाट उत्रन खोज्नेले गर्नु पर्ने ३ कुराहरु :- भगवानको नाम, रूप र स्वरुपको ज्ञान ।
  • मनीशलाइ पतन गराउने ३ कुराहरु :- नारी , चुक्ली र झुटा ।
  • प्रतेक मनीश को अलग - अलग हुने ३ कुराहरु :- रूप , स्वभाब र भाग्य ।

Tips
टिसर्ट किन्दा ध्यान दिनुपर्ने कुरा 

देवी ज्ञवाली, निर्देशक, जि-सप



डगर्मी महिनाका लागि स्लिभलेस टि-सर्ट उपयुक्त हुन्छ।

डहल्का घाँटी खुलेको टि-सर्ट लगाउँदा

लगाइएको गहना देखिनुका साथै शीतलता महसुस हुन्छ।

डउचाइ कम छ भने ठाडो धर्को भएको तथा उचाइ अग्लो छ भने तेर्सो धर्को भएको टि-सर्ट लगाउनु राम्रो हुन्छ।

डकम्मरमा मासु बढी छ भने हिप छोपिने टि-सर्ट लगाउनुपर्छ। यसो गर्दा मोटो भाग छोपिन्छ।

डस्लिम लुक छ भने पाइन्टमा छोटो टि-सर्ट लगाउँदा कम्मर छिनेजस्तो आकर्षक देखिन्छ।

डलेगिन्ससँग हिप छोपिने टि-सर्ट लगाउनुपर्छ।

डगोरो छाला भएका महिलालाई गाढा रंगको टि-सर्ट सुहाउँछ। गहुँगोरो तथा कालो वर्णका लागि हल्का उज्यालो तथा सेतो रंगको टि-सर्ट सुहाउँछ।

डयो मौसममा कटन, सिल्क तथा हावा छिर्न सक्ने पातलो फेबि्रकको टि-सर्टले आनन्द, शीतल एवं सन्तुष्टि प्रदान गर्छ।



किशोरीहरूका लागि मेकअप टिप्स

संगीता लामा, मेकअप आर्टिस्ट



किशोरीहरूले आफ्नो छाला सुहाउँदो हलुका मेकअप गर्नुपर्छ।

फाउन्डेसनको प्रयोग गर्नु हुँदैन। यसले अनुहारको रोमछिद्रलाई टालेर नयाँ समस्या जन्माउँछ।

अनुहारको दाग हटाउन कन्सिलर प्रयोग गर्न वा थोरै लुज पाउडर अनुहारमा ब्लेन्ड गर्न सकिन्छ।

अनुहारमा आउने दागहरूलाई लुकाउने प्रयास गर्नु हुँदैन। यस्ता दाग बिस्तारै हराउँछन्। त्यसका लागि सनस्किन क्रिम लगाउन सकिन्छ।

आँखामा गाढा आइस्याडोको प्रयोगबाट बच्नुपर्छ। म्याचिङ आइस्याडो लगाउने आवश्यकता पनि छैन।

आइलाइनरभन्दा पेन्सिल गाजललाई प्राथमिकता दिनुपर्छ।

गालामा ब्लस प्रयोग गर्न सकिन्छ। गुलाबी तथा पिच सेडको ब्लस जसलाई पनि सुट गर्छ।

ओठमा ग्लस लगाउनुपर्छ।

मेकअप गाढा भए त्यसलाई ब्लेन्ड गर्नुपर्छ वा टिस्यु पेपरले पुछ्नुपर्छ।



आइटी टिप्स

मिली श्रेष्ठ, आइटी एक्सपर्ट 

ल्यापटप कम्प्याक्ट कम्प्युटर हो। यो विभिन्न ब्रान्ड तथा आकारमा पाइन्छ।

यो सानो हुन्छ र जहाँ पनि सजिलै लान सकिन्छ।

चार्ज गर्न मिल्ने भएकाले लोडसेडिङका बेला यसको प्रयोग गर्न सकिन्छ।

चार्ज सकिने किसिमले प्रयोग गरे ल्यापटपको आयु कम हुन्छ।

एन्टी भाइरस लगाउनुपर्छ।

कुनै नयाँ उपकरण वा डिभाइस राखेपछि भाइरस स्क्यान गर्नुपर्छ।

कहीँ राख्दा नठोक्किने गरी विस्तारै राख्नुपर्छ।

जस्तो पायो त्यस्तो फाइल खोल्नु हुँदैन।

समय-समयमा चार्ज गरिरहनुपर्छ।

धूलो तथा पानीबाट बचाउनुपर्छ 






  दिमागमा राख्नु पर्ने महत्वपूर्ण कुराहरु। 
 01 सधैं आफ्नो जीवनको लक्ष्यलाई याद राख्नुस् ।
02 आफ्नो वास्तविक मुस्कानलाई सधैं साथमा राख्नुस् र अरुलाई यो share गर्नुस् ।
03 आफ्नो छिमेकिहरु प्रति सधैं मद्दतको भावना राख्नुस् ।
04 आफु भित्रको युवा आत्मालाई सधैं जिवित राख्नुस् ।
05 धनीलाई र राम्रोलाई मात्र होइन गरीब र नराम्रोलाई पनि आत्मासात गर्ने बानी बसाल्नुस् ।
06 जती सुकै दबाब लाई हल्का रुपमा लिने गर्नुस् र आफ्नो दिमाग लाई सधैं ठण्डा राख्नुस् ।
07 आफ्नो स्वभाबलाई बाताबरण अनुसार ढाल्ने कोशीस गर्नुस् ।
08 अरुको गल्तीलाई सके सम्म माफ गरी दिनुस् ।
09 आफ्नो मन मिल्ने साथीहरु सके सम्म काम बनाउनुस् ।
10 आफुलाई चाहनेहरुसँग हरेक पल खुशी रहनुस् ।
11 आफ्नो confidence लाई सधैं उच्च् राख्नुस् ।
12 जीवनमा आई पर्ने जोखिमहरुको लेखा जोखा राख्नुस् ।
13 यो याद राख्नुस् कि पैसा सबै थोक होइन ।