जिस्काउदा दिएको




जिस्काउदा दिएको गालि चित्त बुझ्यो
मलाइ त किनकिन कालि चित्त बुझ्यो


हिजो मात्र गा’को थिए दाईको ससुरालि
अरु भन्दा अल्ली बढि सालि चित्त बुझ्यो


मन मिल्यो, मुटु मिल्यो, जोडि पनि मिल्यो
रैछ उनको सिउदो पनि खालि चित्त बुझ्यो


फृल जस्ती तिमी गोडमेल गर्छु सधै भरि
भनिदेउन ‘बिबेक’ नामको मालि चित्त बुझ्यो

No comments:

Post a Comment