स्वर भएर के भो गाउन नजाने पछि
दिल भएर के भो माउन नजाने पछि
बास हृदा हृदै रुज्दै बस्नृ पर्छ यहा
घर भएर के भो छाउन नजाने पछि
तिमी उता एक्लै म एता एक्लै हृदा
माया भएर के भो लाउन नजाने पछि
सानो माछो खोज्दा ठृलो माछो भाग्ने डर
परदेश गएर के भो आउन नजाने पछि ।
No comments:
Post a Comment