सपना मा आउ है माया





सपनामा आउ है माया भेट्न मन ला’छ
तिम्लाइ भेटि मनको तिर्खा मेट्न मन ला’छ


भेट नहृदा तिम्रो मेरो छिरलियो मन
सँगै बसी मनका टृक्रा समेट्न  मन ला’छ


तिम्रो याद ले सतायर सिरानि रुझाउछृ
सम्झना र याद को गला रेट्न मन ला’छ


बिपना मा नभयसी सपना मै सहि
तिमि सगँ एउटा रात काट्न मन ला’छ


जीन्दगी मा पिर बेथा एक्लै कति बोकृ
तिमि सगँ मनको कृरा साट्न मन ला’छ

No comments:

Post a Comment